लघुवित्तमा गहिरिँदो संकट: खराब कर्जाले थलिएका कम्पनीहरूको वास्तविक वित्तीय चित्र कस्तो ? « Arthapath.com
७ फाल्गुन २०८०, सोमबार

लघुवित्तमा गहिरिँदो संकट: खराब कर्जाले थलिएका कम्पनीहरूको वास्तविक वित्तीय चित्र कस्तो ?



काठमाडौं । लघुवित्त कम्पनीहरुको वित्तीय अवस्था अझै सामान्य अवस्थामा आउन सकेको छैन । बढ्दो खराब कर्जाले थलिएका लघुवित्त कम्पनीहरु गाह्रो अवस्थामा गुज्रिरहेका छन् । कम्पनीहरुको समयमै कर्जाको साँवा, किस्ता र ब्याज नउठ्दा खराब कर्जाको बढोत्तरी रोकिएको छैन ।

चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासिक वित्तीय रिपोर्टले पनि लघुवित्त कम्पनीहरु सहज अवस्थामा नरहेको पुष्टि गर्छ । कम्पनीहरु बढ्दो खराब कर्जाको दबाबमै देखिएका छन् । समिक्षा अवधिमा कम्पनीहरुको नाफामा आधा घटेको छ, खराब कर्जाको ग्राफ पनि बढ्दो नै छ ।

५५ वटा कम्पनीहरुको वित्तीय रिपोर्टअनुसार आधा दर्जन बाहेक सबैको नाफा घटेको छ । गत आवको दोस्रो त्रैमासको तुलनामा कम्पनीहरुको नाफा ४८ प्रतिशत घटेको छ । १४ वटा कम्पनीहरु नोक्सानीमा देखिएका छन्। कम्पनीहरुको बढ्दो खराब कर्जाले नाफा लगायतका सूचकहरुमा नकरात्मक प्रभाव परेको छ ।

अधिकांश कम्पनीहरुको खराब कर्जा नियन्त्रणभन्दा बाहिर पनि देखिएको छ । हाल कम्पनीहरुको औसत खराब कर्जा ६.७१ प्रतिशत माथि नै छ । विशेषत: आर्थिक शिथिलताले नै कम्पनीहरुको कर्जा समयमा उठ्न नसक नै कम्पनीहरुको खराब कर्जा बढ्को नेपाल लघुवित्त बैंकर्स संघका अध्यक्ष राम बहादुर यादवले बताए । पछिल्लो समय ऋण नदिर्ने भन्दै गरि आन्दोलन र लघुवित्त विरुद्धका गतिविधिले पनि थप समस्या नित्याएको अध्यक्ष यादवको भनाई छ । उनले भने,‘आर्थिक मन्दीको प्रभाव त छदैँछ । त्यसमा माथि पनि कर्जा नदिर्ने भन्दै गरिने आन्दोलनले पनि लघुवित्त कम्पनीहरु थप समस्या परेका छन् ।’

आर्थिक मन्दीकै कारण उपभोक्ता अर्थात् ऋणिको आम्दानीमा ह्रास आएको छ, त्यसले उनीहरुको ऋण तिर्ने क्षमता पनि घटाएको यादवको भनाई छ । नेशनल माइक्रोफाइनान्स लघुवित्त कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) समेत रहेका यादवले भने,‘आर्थिक शिथिलताले ऋणहरु कर्जाको किस्ता तथा ब्याज पनि तिर्न पनि नसकिरहेको अवस्था छ । यसले खराब कर्जाको अनुपात बढाएको छ’, उनले थपे,‘ समयमा साँवा, किस्ता, ब्याज नउठ्दा खराब कर्जा बढ्न पुग्छ । झन् पछिल्लो समय पैसा ऋण नै मिनाहा हुनुपर्छ भन्दै आन्दोलन पनि भइरहेका छन्, अरुलाई भड्काउने प्रवृत्ति छ । संस्थाका कर्मचारीलाई पनि राम्रोसँग व्यवहार नगर्ने र थम्की दिने स्थितिले लघुवित्तमा थप समस्या सृजना भएको छ ।’

ऋण मिनाहाको आन्दोलनले चुक्ता गर्न सक्ने ऋणीहरुलाई भड्काइरहेको उनको भनाई छ । ‘कतिपय व्यक्तिहरुले त ऋण मिनाहा होला कि भनेर क्षमता हुँदाहुँदै पनि ब्याज, किस्ता तिर्न आनकानी गरिरहेका छन्’, यादवले भने ।

लघुवित्त विरुद्ध हुने आन्दोलन र गलत अपवाह फैलाउने प्रवृति तत्काल नियन्त्रण गरि सरकारले सहज वातावरण तयार गर्नुपर्ने उनको सुझाव छ । ‘विगतमा भन्दा माइक्रोफाइनान्स सेक्टरमा राम्रो अवस्था छैन । मुख्य सकाकारले यो क्षेत्रलाई गम्भिर रुपमा लिई प्राथमिकतामा राखेर देशकै अर्थतन्त्र उकास्ने तर्फ लाग्नुपर्छ’, यादवले भने । लघुवित्तलाई डेभलपमेन्ट एजेन्सीको रुपमा संचालन गर्न सरकारसँग माग राखे । उनले भने,‘लघुवित्तको पहुँच गाउँ गाउँमा छ । यसैले सरकारले क्षमता अभिवृद्धि, जनचेतना जस्ता कार्यक्रममा लघुवित्तलाई जोडेर लैजानु पर्छ । लघुवित्तलाई व्यवसायीकरण मात्रै होइन सामाजिक र वित्तीय दुवै क्षेत्रलाई सन्तुलन गरि अगाडि बढाउनुपर्छ।’

चुलिँदो खराब कर्जाले थप बिग्रदै वित्तीय चित्र, नोक्सानीमा १४ कम्पनी

खराब कर्जाको चेपुवा रहेका लघुवित्त कम्पनीको वित्तीय चित्र थप बिग्रदै गएको छ। खराब कर्जा बढेसँगै कम्पनी घाटामा पुगेका छन् ।

दोस्रो त्रैमासमा १४ वटा लघुवित्त कम्पनीहरुले नोक्सानीमा छन् । कम्पनीहरुको खराब कर्जाको अनुपात १८ प्रतिशतसम्म पुगेको छ । सबैभन्दा धेरै नोक्सानी सृजनशील लघुवित्तले व्यहोरेको छ । कम्पनी १४ करोड ६३ लाख घाटामा छ । कम्पनीको खराब कर्जा पनि १८.१४ पुगेको छ । यता, कम्पनीको प्रतिसेयर आम्दानी पनि २६७ रुपैयाँ ८० पैसा ऋणात्मक नै छ ।

यस्तै, आशा लघुवित्त, सामुदायिक, किसान, एनएमबि, मनकामना स्मार्ट, धौलागिरी, फरवार्ड, उपकार, मानुषी लगायत १४ कम्पनी घाटामा छन् । ती कम्पनीहरुको प्रतिसेयर आम्दानी पनि ऋणात्मक नै छन् ।

अधिकांश कम्पनीहरुको नाफासँगै प्रतिसेयर आम्दानीमा पनि गिरावट आएको छ । गत वर्षहरुको तुलनामा कम्पनीको यस्तो आम्दानी आधा घटेको छ ।

कस्ता छन् कम्पनीहरुको मुख्य सूचकहरु

स्रोत: सम्वधित कम्पनीहरुले प्रकाशित गरेको चालु आवको दोस्रो त्रैमासिक वित्तीय विवरण


प्रतिक्रिया दिनुहोस्