सर्वोत्तम सिमेन्टको आईपीओ बाँडफाँट: ५५ हजार ५२१ जनाले पाए सेयर, भाग्यमानी २६ जनालाई थप एक कित्ता « Arthapath.com
२५ फाल्गुन २०८०, शुक्रबार

सर्वोत्तम सिमेन्टको आईपीओ बाँडफाँट: ५५ हजार ५२१ जनाले पाए सेयर, भाग्यमानी २६ जनालाई थप एक कित्ता



काठमाडौं । सर्वोत्तम सिमेन्टको आईपीओ बाँडफाँट भएको छ । गत आइतबार अर्थात् फागुन १३ गतेदेखि १६ गते बुधवारसम्म बिक्री गरेको सर्वोत्तम सिमेन्टले सर्वसाधारणका लागि प्राथमिक सेयर निष्कासन (आइपीओ) को शुक्रबार बाँडफाँट गरिएको हो ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा बिहान १० बजे सो आईपीओ बाँडफाँट भएको छ ।

कम्पनीको आइपीओ ५५ हजार ५२१ जनाले ५० कित्ताका दरले पाएका छन् । कम्पनीको आइपीओमा कुल कुल ९ लाख ६० हजार ३०१ जनाले ५ करोड ६ लाख १३ हजार ३६० कित्ता सेयरका लागि आवेदन परेको थियो ।

क्यापिटलका अनुसार ९ लाख ५८ हजार ९५९ आवेदन स्वीकृत र १ हजार ३४२ आवेदन रद्द भएको छ । गोलाप्रथाबाट बाँडफाँट गर्दा शेष रहेको २६ कित्ता पनि ५० कित्ताभन्दा बढी आवेदन दिएका लगानीकर्ताहरुले प्राप्त गरेका छन् । २६ जना लगानीकर्ताले थप एक कित्ता सेयर प्राप्त गरेका हुन् ।


प्रतिक्रिया दिनुहोस्