बैंक « Arthapath.com
१४ असार २०८२, शनिबार

बैंक

हुलाक बचत बैंकमा रहेका खाताहरु राष्ट्रिय वाणिज्य बैंकमा हस्तान्तरण हुने

काठमाडौं । हुलाक बचत बैंकमा रहेको खाता राष्ट्रिय वाणिज्य बैंकमा हस्तान्तरण हुुने भएको छ । नेपाल सरकारको आ.व.२०८०÷०८१ को वार्षिक बजेटमा व्यवस्था भई नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय बमोजिम हुलाक बचत बैंकमा रहेका खाता एवं बचत रकम हुलाक सेवा विभागले राष्ट्रिय वाणिज्य बैंकमा हस्तान्तरण गर्ने सम्बन्धमा आातबार सम्झौता भएको हो ।