काठमाडौं । रूपन्देहीको सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रकम हिनामिनाको आरोप लागेका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेशकुमार पुनले आफूले सहकारीको रकम हिनामिना नगरेको बयान दिएका छन् । उनले उक्त सहकारीमा आफ्नो कुनै संलग्नता नरहेको जिकिर गरेका छन् । यद्यपि पुन उक्त सहकारीका तत्कालीन सचिव रहेको अनुसन्धानबाट खुलेको छ