काठमाडौं । आधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ । कम्पनीको ३० प्रतिशत बोनस बापतको ३ लाख ५७ हजार कित्ता बोनस सेयर नेप्सेमा आइतबार सूचीकृत भएको हो । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गरेको बोनस सूचीकृत भएको हो ।