काठमाडौं । महुली लघुवित्तले पुस ५ गतेदेखि थप सार्वजनिक निष्काशन (एफपीओ) निष्काशन गर्ने भएको छ । लघुवित्तले ४ करोड ७५ लाख ४४ हजार ९१५ रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ४ लाख ७५ हजार ४४९.१५ कित्ता शेयर निष्काशन गर्न लागेको हो। उक्त सेयरमा लगानीकर्ताले पुस ९ गतेसम्म आवेदन दिन सक्नेछन्।