काठमाडौं । २०५४ साल मङ्सिरबाट लघुवित्त क्षेत्रमा पाइला टेकेका राम बहादुर यादव अहिले लघुवित्त बैंकर्स संघको नेतृत्व गरिरहेका छन् । उनले लघुवित्त क्षेत्रमा झन्डै ३ दशक अर्थात् २७ वर्ष योगदान गरिसकेका छन् । निर्धन उत्थान लघुवित्तबाट करियर सुरू गरेका यादब अहिले नेशनल लघुवित्तको प्रमुख कार्यकारी अधिकृत (सीईओ)को रूपमा कार्यरत छन्