५ आश्विन २०८३, सोमबार

बैंक

मञ्जुश्री फाइनान्सको १० करोडको संस्थापक सेयर बिक्रीमा, यसरी दिनुहोस् आवेदन

काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडले संस्थापक समूहअन्तर्गतको करिब १० करोड रुपैयाँ बराबरको सेयर शिलबन्दी बोलपत्रमार्फत बिक्री गर्ने भएको छ। कम्पनीले कुल ८ लाख ३९ हजार ५८३ कित्ता संस्थापक सेयर खरिदका लागि इच्छुक व्यक्ति तथा संस्थालाई आवेदन दिन आह्वान गरेको हो। कम्पनीले प्रत्येक कित्ताको न्यूनतम बिक्री मूल्य १२० रुपैयाँ निर्धारण गरेको