काठमाडौँ । नेपाल राष्ट्र बैंकमा नयाँ गभर्नर आएसँगै उनले मध्यमवर्गको विकास र विस्तारमाथि ‘खास जोड’ दिन थालेका छन् । नवनियुक्त गभर्नर विश्वनाथ पौडेलले संसदीय समितिदेखि सार्वजनिक मञ्च, छलफल र अन्तरक्रियाहरूमा पनि यो मुद्दालाई महत्वका साथ अघि बढाइरहेका छन् । हालै मात्र उनले नेपालका मध्यमवर्गलाई अहिले अप्ठेरो परेको र यहाँबाट उम्काउन