काठमाडौं । पार्टी विभाजनको संकटमा पुगेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पार्टी बैठकको सामना गर्नुपर्ने स्थिति आइपरेपछि प्रधानमन्त्री केपी शर्मा ओली आज बिहानै संखुवासभातर्फ हान्निएका छन् । अहिले पार्टीभित्र चलिरहेको पेचिलो अन्र्तसंघर्ष उत्कर्षमा पुगिरहेकै बेला हिजो मंगलवार मात्रै प्रधानमन्त्री निवास बालुवाटार पुगेर पार्टी सचिवालय बैठक बोलाउन कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल