काठमाडौँ । सरकारको नेतृत्व गरिरहेको दल नेकपा एमालेका उपमहासचिव एवम् पूर्वपरराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले बीआरआईको ‘कार्यान्वयन योजना’ (इम्पिमेन्टेशन प्लान) होइन, ‘साझेदारी ढाँचा’ (को–अपरेशन फ्रेमवर्क) सम्झौता गर्नुपर्ने बताएका छन् । सामाजिक समावेशिता एवम् संघीयता केन्द्र नामक संस्थाले बुधबार काठमाडौँमा आयोजना गरेको ‘नेपालका लागि बीआरआईको रणनीतिक निहितार्थ’ शीर्षकको कार्यक्रममा ज्ञवालीले यस्तो धारणा