पोखरा । क्यापिटल म्याक्स सेक्युरिटीज लिमिटेड (ब्रोकर नम्बर ६२) ले पोखरामा शाखा विस्तार गरेको छ । पोखरामा रहेका ग्राहकहरुलाई थप सुविधा होस् भन्ने उद्देश्यका साथ ब्रोकर नम्बर ६२ले पोखराको न्युरोडमा शाखा विस्तार गरेको हो क्यापिटल म्याक्सका अध्यक्ष अतित लाल श्रेष्ठका अनुसार सेयर लगानीकर्ताको मागअनुसार पोखरामा शाखा विस्तार गरिएको हो ।