१ कार्तिक २०८३, आइतबार

कर्पोरेट

एनएलजी इन्स्योरेन्सको संचालक समितिका सदस्य राईले दिए राजीनामा

काठमाडौं । एनएलजी इन्स्योरेन्सले संचालक समितिका सदस्य मन बहादुर राईको राजीनामा स्वीकृत गरेको छ । इन्स्योरेन्सको पुस १९ गते सम्पन्न संचालक समितिको बैठकले संचालक समितिका सदस्य राईको राजीनामा स्वीकृत गरेको हो । संचालक समितिका सदस्य राईले घरायसी कारणले राजीनामा दिएको कम्पनीले जनाएको छ ।