वसन्त पराजुली, भरतपुर । बन्दाबन्दीको प्रभावले प्रायः योजना बन्द रहे पनि मुग्लिन–नारायणगढ सडकमा पर्ने जलवीरे पुल भने निर्माण जारी छ । वर्षाअघि नै निर्माण कार्य सम्पन्न गर्नुपर्ने बाध्यात्मक परिस्थितिले पुल निर्माण जारी राखिएको मुग्लिन–नारायणगढ सडक आयोजनाका इन्जिनियर शिवप्रसाद खनालले बताउनुभयो । सुरक्षाका उपाय अवलम्बन गर्दै सरकारले तोकेको मापदण्ड पूरा गरेर