काठमाडौं । ओरिएन्टल इन्स्योरेन्सले आगामी बिहीबार आफ्नो स्थापना दिवस मनाउँदैछ । कम्पनीले आफ्नो ७८औँ स्थापना दिवस अवसरमा रक्तदान शिविर आयोजना गर्न गर्दैछ । मानवताका लागि यो शिविर आयोजना गर्न लागिएको कम्पनीले जनाएको छ। रक्तदान शिविर काठमाडौंको डिल्लीबजार चारखालस्थित सनराइज बिजपार्कमा बिहान १०:३० बजेदेखि दिउँसो १ बजेसम्म शिविर सञ्चालन हुने छ।