काठमाडौं । साताको पहिलो दिन आज आइतबार सुनको मुल्य घटेको छ । आज एकैदिन सुन तोलामा ८ सय रुपैँयाले घटेको हो । आज छापावाला सुन तोलमा एकैदिन ८ सयले घटेर प्रतितोला ९० हजार र तेजावि सुन प्रतितोला ९२ हजार ५ सय रुपैँयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ