काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । मंगलबार सुन तोलामा ४ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुन १ लाख २ हजार १ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला १ लाख १ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।