काठमाडौं । तिहार नजिकिएसँगै बजारमा चहलपहल बढ्न थालेको छ । राजधानीको मुख्य व्यापारिक केन्द्र न्यूरोड असन, इन्द्रचोक, मखनगल्लि लगायत स्थानमा तिहारका लागि आवश्यक सामग्री किनमेल गर्नेको भीड बढ्न थालेको हो । विशेष गरी तिहारका लागि आवश्यक पर्ने भाइमसला, सप्तरङ्गी टीका, ढाका टोपी, मखमलीका माला, माटोका पाला, झिलिमिली बत्ती, लक्ष्मीपूजाका सामान,