काठमाडौं । शुक्रबार सुनको भाउ बढेको छ । आज नेपाली बजारमा छापावाला सुनको भाउ तोलामा १ हजार रुपैयाँ वृद्धि भएको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार १ लाख ५९ हजार ६०० रुपैयाँमा खरिदबिक्री भएको थियो । तर, आज भने बढेर १ लाख ६० हजार ६०० रुपैयाँ कायम भएको छ