काठमाडाैं । माओवादी केन्द्रका नेता जनार्दन शर्माले ‘प्रगतिशील अभियान नेपाल’ नामक नयाँ राजनीतिक अभियानको घोषणा गरेका छन्। मंगलबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमार्फत उनले उक्त अभियान सार्वजनिक गरेका हुन्। शर्माका अनुसार, यो अभियान पारदर्शिता, सामाजिक न्याय र उत्पीडित वर्ग, जाति, क्षेत्र, लिंग तथा समुदायका सवालमा प्रतिबद्ध रहने उद्देश्यले अघि बढाइएको हो।