काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवस २०७९ का अवसरमा ६ सय भन्दा बढीलाई आममाफी दिनुभएको छ । कैद सजाय भुक्तान गरेका र भुक्तान हुन बाँकी ६ सय ८१ कैदीलाई आममाफी दिनुभएको हो । भदौ ३१ को मन्त्रिरिषद बैठकको निर्णयअनुसार सिफारिसमा असोज ३ गतेदेखि लागू हुने गरी आममाफी दिइएको हो