कामठाडौं । मुक्तिनाथ विकास बैंकले चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा ६१ करोड ५५ लाख ७८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक बर्षमा बैंकले ४७ करोड २५ लाख बराबरको खुद नाफा आर्जन गरेको थियो । बैंकको खुद नाफा गत आवको सोहीअवधिको तुलनामा ३०.२८ प्रतिशतले बढेको हो ।