काठमाडौं । सोमबार नेपालमा थप १३ सय ५१ जनामा कोरोना संक्रमित भेटिएका छन् । देशभरका प्रयोगशालामा गरिएको जाँचमा १३ सय ५१ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । यो संगै नेपालमा कोरोना संक्रमितको कूल संख्या ७४ हजार ७ सय ४५ पुगेको छ