कञ्चनपुर । कोरोना भाइरस सङ्क्रमण रोकथामका लागि कञ्चनपुरका स्थानीय तहले सञ्चालन गरेका क्वारेन्टाइन रित्तिन थालेका छन् ।क्वारेन्टाइन अवधि पूरा गरी भारतलगायत अन्य मुलुकबाट आएकाहरु घर फिर्ता भएपछि क्वारेन्टाइन रित्तिन थालेका हुन् । क्वारेन्टाइनमा बस्दै आएका व्यक्तिहरुको ¥यापिड डाइग्नोष्टिक टेष्ट ९आरडिटी० परीक्षणमा नतिजा नेगेटिभ आएपछि सबै घर फिर्ता भएका छन् ।