काठमाडौं । जेनजी आन्दोलन चर्किंदै जाँदा राष्ट्रपति रामचन्द्र पौडेलको बोहोराटारस्थित निजी निवासमा तोडफोड गरेका छन् । ठूलो संख्यामा प्रदर्शनकारी घरभित्रै पसेर तोडफोड गरेका हुन् । सोमबारको प्रदर्शनमा १९ जनाको मृत्यु भएको घटनापछि देशभर आक्रोशित आन्दोलन जारी छ ।