काठमाडौं । पोखरामा ओमोडा एण्ड जेकोको आधिकारिक वितरक इलाइट मोटर्स प्रालिले नयाँ शोरूमको औपचारिक उद्घाटन गरेको छ। उक्त अवसरमा गण्डकी प्रदेशमा नयाँ जेको जे५ गाडी पनि सार्वजनिक गरिएको छ। पोखराको शिवचोक–१० मा सञ्चालनमा ल्याइएको नयाँ शोरूम थ्री एस (सेल्स, सर्भिस र स्पेयर) सुविधासहित पूर्ण रूपमा अद्यावधिक गरिएको कम्पनीले जनाएको छ।