काठमाडौं । सरकारले ल्याउने वार्षिक बजेटको प्रभावकारी कार्यान्वयन मार्फत देशको समग्र आर्थिक विकासमा निजी क्षेत्रको सक्रिय सहभागिता सुनिश्चित गर्न नेपाल उद्योग परिसंघ (सिएनआई) ले ‘बजेट वाच’ पहललाई चौथो वर्ष पनि निरन्तरता दिएको छ । परिसंघका अध्यक्ष विरेन्द्र पाण्डेले बजेट कार्यान्वयनलाई नजिकबाट ट्रयाक गर्ने र सुधारका सुझाव दिने उद्देश्यसहित ‘बजेट वाच’