काठमाडाैं । बूढीगण्डकी जलविद्युत् कम्पनी लिमिटेडका नव नियुक्त प्रमुख कार्यकारी अधिकृत (सिइओ) इञ्जिनियर अरुण रजौरियाले शुक्रबार पद तथा गोपनियताको सपथ लिएका छन्। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आयोजित एक औपचारिक समारोहमा कम्पनीका अध्यक्ष तथा ऊर्जा सचिव सुरेश आचार्यले रजौरियालाई ऊर्जामन्त्री दीपक खड्काको उपस्थितिमा सपथ ग्रहण गराएका हुन्। समारोहमा ऊर्जामन्त्री खड्काले