नबिल बैंक लिमिटेडले आजदेखि ‘७ प्रतिशत नबिल डिबेन्चर २०८९’ नामक ऋणपत्र निष्काशन तथा बिक्री खुला गरेको छ। बैंकले आठ वर्ष अवधिको ऋणपत्र वार्षिक ७ प्रतिशत निश्चित ब्याजदरमा जारी गर्न लागेको हो। कुल तीन अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात १८ लाख कित्ता निजी स्थानमार्फत बाँडफाँट गरिनेछ