काठमाडौं । नेपाल टेलिकमको बिलिङ प्रणाली मर्मतसम्भार सम्झौतामा अनियमितता गरेको आरोपमा १८ जना कर्मचारी र सञ्चालकविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उक्त सम्झौतामा ३३ करोड ४८ लाख १७ हजार ४३० रुपैयाँको अनियमितता भएको आरोपसहित मुद्दा दायर गरेको हो । टेलिकमका तत्कालिन प्रबन्धक निर्देशक सुनिल