काठमाडौँ । विक्रम सम्वत् २०८२ को पञ्चाङ्ग पात्रो माघ अन्तिमसम्म बजारमा ल्याउन आफूहरु प्रयासरत रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । समितिका कार्यकारी निर्देशक तथा सदस्य–सचिव सूर्यप्रसाद ढुङ्गेलले अहिले पञ्चाङ्गहरुको रुजु गर्ने काम धमाधम भइरहेको बताए । ‘पात्रो लेख्नेहरुसँगै छलफल गर्ने र रुजु गर्ने काम भइरहेको छ’, उनले