काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको भेटमा संवैधानिक परिषद्को बैठकलगायत विषयमा छलफल भएको बताइएको छ