काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १६.४० अकंले घटेर २१०५.४६ बिन्दुमा बन्द भएको छ । पूँजी बजारमा नेप्सेमा सूचीकृत २५५ कम्पनीको ४६ लाख ८५ हजार ८०९ कित्ता सेयर किनबेच हुदाँ १ अर्ब ७८ करोड ७० लाख १६ हजार रुपैयाँ भएको छ । मंगलबार यूनिलिभर नेपालका लगानीकर्ताले सर्वाधिक कमाएका छन् ।