काठमाडौँ । आइतबार २२५ कम्पनीको सेयर मूल्य राताम्य भएको छ । बजार आज दोहोरो अकंले ओरालो लाग्दा अधिकांश कम्पनीको सेयर मूल्य घटेको हो । पूँजी बजारमा नेप्सेमा सूचीकृत २८९ कम्पनीको ३५ लाख ५८ हजार ५५४ कित्ता सेयर किनबेच हुँदा ९७ करोड २३ लाख ६७ हजार रुपैयाँको कारोबार भएको छ ।