काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्सको लाभांश प्राप्त गर्न बैशाख १६ गतेसम्म सेयरधनी बन्नुपर्ने भएको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले बैशाख १७ गते बुधवार बुक क्लोज गर्ने भएको छ । त्यसका आधारमा बैशाख १६ गतेसम्म कायम सेयरधनीले सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।