काठमाडौं । सेयर बजारको गिरावट कायमै देखिएको छ । साताको अन्तिम कारोबार दिन पनि बजार उच्च दोहोरो अंकमा घटेको छ । मंगलबार र बुधवार सामान्य गिरावट आएको थियो । तर, बिहीबार भने बजार २४.५९ अंक घटेको छ । उक्त दिन बजार परिसूचक २६२९.०८ अंकको बिन्दुमा पुगेर बन्द भएको छ ।