७ श्रावण २०८३, बिहिबार

शेयर

सेयर बजारमा नकरात्मक सर्किट, २० मिनेटका लागि रोकियो कारोबार

काठमाडौं । सेयर कारोबारमा नकरात्मक सर्किट लागेको छ । जेनजी आन्दोलनपछि खुला भएको कारोबारमा नकरात्मक सर्किट लागेको हो । योसँगै कारोबार २० मिनेटका लागि स्थगित भएको छ । कारोबार खुलेको २ मिनेटमा नै १०७.०४ अंक घटेर नकारात्मक सर्किट लागेको हो । अब कारोबार ११ बजेर २२ मिनेटमा खुला हुनेछ ।