काठमाडौँ। चैत १० गते अघिसम्म सिन्धुलीका हरि माझीलाई दिन बितेको पत्तो हुँदैनथ्यो । दिनभर भारी बोक्यो, साँझ खाना खायो थुपुक्क सुत्यो । एकै निद्रामा बिहान झिसमिस भइहाल्थ्यो । जुरुक्क उठेपछि भारी बोक्ने काम शुरु हुन्थ्यो । यसरी बित्थे माझीका दिनहरु । दैनिक गुजाराका लागि भारी बोकेर उपत्यकामा भौँतारिएको धेरै वर्ष