समाज « Arthapath.com
३० चैत्र २०७६, आईतवार

समाज

स्वयंसेवक परिचालन मार्गदर्शन जारी

काठमाडौँ। गृह मन्त्रालयले कोरोना भाइरस ९कोभिड–१९० महामारी रोकथाम तथा नियन्त्रणका लागि स्थानीय तहमा खटिने स्वयंसेवक परिचालनसम्बन्धी मार्गदर्शन–२०७६ जारी गरेको छ । सरकारले कोरोना भाइरस महामारी रोकथाम तथा नियन्त्रण कार्यलाई थप प्रभावकारी बनाउन नगरपालिका तथा गाउँपालिकाका वडाध्यक्षहरूको संयोजकत्वमा वडास्तरीय कोरोना रोकथाम समूह ९सीपीजी० गठन गर्ने निर्णय यसअघि नै गरेको हो ।