आरम्भ चौतारी लघुवित्तको सीईओमा लक्ष्मी प्रसाद शर्मा नियुक्त « Arthapath.com
१४ आश्विन २०७८, बिहीबार

आरम्भ चौतारी लघुवित्तको सीईओमा लक्ष्मी प्रसाद शर्मा नियुक्त



काठमाडौं । आरम्भ चौतारी लघुवित्तको सीईओमा लक्ष्मीप्रसाद शर्मा नियुक्त भएका छन् । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा लक्ष्मीप्रसाद शर्मा नियुक्त भएका हुन् ।

असोज १४ गते बसेको कम्पनी सञ्चालक समितिले शर्मालाई सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो । त्यस्तै, लघुवित्तको उक्त बैठकले सीईओ शर्मालाई कम्पनी सचिवको जिम्मेवारी दिईएको छ ।

यसअघि संस्थाको सीईओ पदमा लक्ष्मण घिमिरे रहेका थिए । संस्थाको सञ्चालक समितिले घिमिरेले दिएको राजिनामालाई स्वीकृत गर्दै नयाँ सीईओमा शर्मालाई नियुक्त गरेको हो । बिहीबार लघुवित्तको कार्यालयमा पूर्व सीईओ घिमिरेको विदाई गरेको छ भने नवनियुक्त सीईओ शर्मालाई स्वागत गरिएको छ ।

गत असार मसान्तसम्म लघुवित्तले ११ करोड ७९ लाख ३३ हजार रुपैयाँ आर्जन गरेको थियो । गत असार मसान्तसम्म लघुवित्तको चुक्ता पूँजी २८ करोड ६७ लाख ६३ हजार रुपैयाँ, जगेडा कोष १६ करोड ३६ लाख २८ हजार रुपैयाँ र निक्षेप १ अर्ब २७ करोड १७ लाख ३५ हजार रुपैयाँ रहेको छ ।


प्रतिक्रिया दिनुहोस्