निजी क्षेत्रको मनोबल बढाउने गरी खुकुलो र लगानीमैत्री मौद्रिक नीति ल्याउन आवश्यकः अध्यक्ष अग्रवाल « Arthapath.com
८ असार २०८०, शुक्रबार

निजी क्षेत्रको मनोबल बढाउने गरी खुकुलो र लगानीमैत्री मौद्रिक नीति ल्याउन आवश्यकः अध्यक्ष अग्रवाल



काठमाडौं । नेपाल उद्योग परिसघ (सिएनआइ) का अध्यक्ष बिष्णु कुमार अग्रवालले निजी क्षेत्रको मनोबल बढाउने गरी मौद्रिक नीति ल्याउन आवश्यक रहेको बताए ।

सिएनआइको २० औं वार्षिक साधारणसभामा अध्यक्ष अग्रवालले यस्तो बताएका हुन । उनले खुकुलो र लगानीमैत्री मौद्रिक नीति आवश्यक रहेको बताए । उनले भने, ‘अर्थतन्त्रका चुनौतीकाबीच आगामी आर्थिक वर्षमा ६ प्रतिशतको आर्थिक बृद्धिदर हासिल गर्नुपर्नेछ । यसका लागि खुकुलो र लगानीमैत्री मौद्रिक नीति आवस्यक छ। राष्ट्र बैंकले निजी क्षेत्रको मनोबल बढाउने गरी मौद्रिक नीति ल्याउनु पर्छ।’

बजेट कार्यान्वयन प्रभावकारी हुन नसक्दा लिइएको आर्थिक बृद्धिको लक्ष्य हासिल गर्न नसकेको उनले बताए । ‘बिगतको यो अनुभवबाट पाठ सिक्दै चालु आर्थिक वर्षदेखि परिसंघले पहिलो पटक बजेटमा गरिएको व्यवस्था कार्यान्वयनका लागि स्पष्ट खाका तयार पार्दै सफल कार्यान्वयनका लागि सकारात्मक पहल थालेको छ । परिसंघले सुरु गरेको बजेट बाच आगामी बजेट कार्यान्वयनका लागि समेत निरन्तरता दिनेछौुं’ उनले भने


प्रतिक्रिया दिनुहोस्