प्रेम गीत ३ र चिसो मान्छे अब डिशहोम ‘गो एप’मा नि:शुल्क हेर्न मिल्ने
काठमाडौं । प्रेम गीत ३ र चिसो माछे अब डिशहोम गो एपमा निशुल्क हेर्न मिल्ने सुविधा ल्याएको छ । विभिन्न कारणवस हलसम्म गएर यी चलचित्र हेर्न छुटाउनु भएका दर्शकहरुले अव डिशहोम गो एपमा आफुले चाहेको समयमा निशुल्क हेर्न सक्नेछन् ।
गो एप पेलेस्टोरबाट आफ्नो मोवाइलमा निशुल्क डाउनलोड गरेर चलाउन सकिन्छ साथै golive.dishhome.com.np मा लगइन गरेर लप्टप तथा कम्स्युटरमा समेत चलाउन सकिन्छ भने Android TV को एप स्टोरमा गएर गो एप डाउनलोड गरेर टिभीमा समेत गो एप चलाउन सकिन्छ। गो एपमा नेपाली चलचित्र, सिरियल, कोरियन सिरिज लगाएत अन्य विभिन्न Exclusive Content हरु पनि उपलव्ध रहेको छ ।











