टाइगर प्यालेस रिसोर्ट पुर्ण सञ्चालनमा, रिसोर्ट किन्दा लाग्ने कर म्यादभित्र तिर्ने घोषणा « Arthapath.com
६ असार २०८३, शनिबार

टाइगर प्यालेस रिसोर्ट पुर्ण सञ्चालनमा, रिसोर्ट किन्दा लाग्ने कर म्यादभित्र तिर्ने घोषणा



काठमाडौं । टाइगर प्यालेस रिसोर्ट पुर्ण सञ्चालनमा ल्याउने भएको छ । टाइगर प्यालेस रिसोर्ट अष्ट्रेलियन कम्पनी सिल्भर हेरिटेज ग्रुप लिमिटेडने सेयर सञ्चालन गदै आएको थियो । अस्ट्रेलियन कम्पनीले यो रिसोर्ट सञ्चालन गर्न तथा क्यासिनो व्यवसाय गर्ने सिलसिलामा नेपालमा करिब ५ अर्ब रुपैयाँ लगानी गरेको हो ।

कोभिड महामारी र रिसोर्ट सञ्चालनको क्रममा देखिएको आन्तरिक विवादको कारण केही वर्षदेखि रिसोर्ट पुर्णरुपमा सञ्चालन हुन सकेको थिएन । करोडौ रुपैया घाटा व्यहोदै आएका रिसोर्ट पुर्णरुपमा सञ्चालन हुन नसक्दा नेपालीने रोजगारी गुमाउनुका साथै सरकारको करोडौ राजस्व पनि गुम्दै गएको थियो । रिसोर्टले नेपालका बैंकलाई तिर्नु पर्ने साँवा, ब्याजको दायित्व पनि तिर्न सकिरहेको थिएन ।

प्रत्यक्ष वैदेशिक लगानीमा सञ्चालन भएको यो रिसोर्ट परियोजना बन्द हुने अवस्थामा पुगेको र विदेशमा समेत नेपालमा वैदेशिक लगानीको वातावरण नभएको गलत सन्देश जाने सूचना पाए पछि हामी विदेशमा बस्ने केही गैर आवासीय नेपालीहरुले अष्ट्रेलियन कम्पनीको सिल्भर हेरिटेज लिमिटेडमा भएको सबै सेयरहरु खरिद गरेका छौ । सिल्भर हेरिटेज ग्रुपले आफ्नो सहायक कम्पनी सिल्भर हेरिटेज लिमिटेडमार्फत नेपालमा लगानी गरेको र हामी गैरआवासीय नेपालीहरुले संयुक्त राज्य अमेरिकामा स्थापना गरेको हिमालयन टाइगर इन्भेष्टमेन्ट इक मार्फत सिल्भर हेरिटेज लिमिटेडमा भएको अस्ट्रेलियन कम्पनीको सबै सेयर खरिद गरेको हुँदा टाइगर प्यालेस रिसोर्टको स्वामित्व पनि हिमालयन टाइगर इन्भेष्टमेन्ट इकमा हस्तान्तरण हुन आएको छ । नया व्यवस्थापन सहित टाइगर प्यालेस रिसोर्ट सञ्चालन गर्न लागेको कुरा विज्ञप्तीमा उल्लेख गरेका छन् ।

जननी जन्मभूमिस्व स्वगादपी गरियसीको मर्मलाई आत्मसात गर्दै अवसरका लागि विदेशीएका हामी नेपालीले आफ्नो जन्मभूमीप्रतिको दायित्व बोध गरी यो बन्द हुने अवस्थामा पुगेको रिसोर्टलाई खरिद गरेका हो संञ्चालक गौतमले जानकारी दिएका हुन् । पर्यटनको प्रचुर सम्भावना भएर पनि टाइगर प्यालेस रिसोर्ट जस्ता ठुला लगानीका पर्यटन उद्योगहरु धरासायी हुने बाटोतर्फ उन्मुख हुनु राष्ट्र, पर्यटन क्षेत्र र लगानीकतांका लागी सुखद होइन। नेपालको आर्थिक विकासका लागि पर्यटन उद्योगको अहम् भूमिका भएकोले हामी केही गैरआवासीय नेपालीहरुले यो रिसोर्टमार्फत पर्यटन क्षेत्रको विकासमा एउटा ईटा थप्न चाहेका छौ सञ्चालक गौतमले भने ।

बन्द हुनै लागेको रिसोर्ट सञ्चालन भई नेपालमा रोजगारी सृजना गर्न तथा पर्यटन उद्योग मार्फत मुलुकको आर्थिक विकासमा योगदान गर्ने कोशिषस्वरूप टाइगर प्यालेस रिसोर्टमा लगानी गरेको उनले बताए । यसमा हाम्रो नाफा आर्जनको उद्देश्य भन्दा पनि आफ्नो जन्मभूमीप्रतिको दायित्व बोध बढी महशुस गरेको गौतमले बताए । रिसोर्टको लगानीकर्ता अष्ट्रेलियन कम्पनी आफँै आर्थिक रुपमा धरासाही ऋण लगानीकर्ताले सिमराहार नियुक्त गरेको थियो । सो कम्पनीको नेपालको सबै लगानी नोक्सानीमा गएका, टाइगर प्यालेस रिमोर्ट पनि बन्द हुने अवस्थामा पुगेको र बैंकहरुको ऋणको बोझ याम्न नसक्ने अवस्थामा पुगेको अवस्थामा सो अस्ट्रेलियन कम्पनीले सिल्भर हेरिटेज लिमिटेडमार्फत नेपालमा गरेको लगानी र नेपालको व्यवसाय समेतलाई हेरी १५ मिलियन अमेरिकी उत्तरमा कारोबार भएको हो ।

तर रिसोर्टमा भएको बैंकको दायित्व लगायतका अन्य व्यवसायीक दायित्वहरु र हालसम्म भएको नोक्सानीको अवस्थालाई हेदा आर्थिक रुपमा जर्जर भएका रिसोेर्टलाई सञ्चालन गर्नका लागि ठूलो रकम थप लगानी गर्नु पर्ने देखिएको छ । प्रारम्भिक अध्ययनबाट सेयर खरिद कारोबार रकम समेतलाई जोड्दा करिव ४ अर्व नेपाली रुपैया खर्च गर्नुपर्ने भएको गौतमले बताए । अमेरिकामा खडा गरिएको लगानी कम्पनीमार्फत अस्ट्रेलियन कम्पनीको सेयर खरिद गरेको भएपनि यस कारोबारबाट नेपालमा कुनै करको दायित्व सृजना भएमा प्रचलित कानून बमोजिम लाग्न सक्ने कर राजस्वको दायित्व कानूनले दिएको म्यादभित्र बुझाउन समेत प्रतिबद्धता रहेको जनाएका छन् ।


प्रतिक्रिया दिनुहोस्