‘नाडा अटो शो’ मा सिट्रोनका गाडीहरु बुकिङ गर्दा २५ हजार रुपैँयासम्मको आकर्षक उपहार « Arthapath.com
२७ भाद्र २०८०, बुधबार

‘नाडा अटो शो’ मा सिट्रोनका गाडीहरु बुकिङ गर्दा २५ हजार रुपैँयासम्मको आकर्षक उपहार



काठमाडौं । नेपालको लागि सिट्रोनको आधिकारिक वितरक सांग्रिला मोटर्सले आफ्नो फेस्टिभ स्किम २०८० सार्वजनिक गरेको छ ।

नाडा अटो शोमा सिट्रोनका गाडीहरु बुकिङ गर्ने ग्राहकहरुको लागि २५ हजार रुपैँयासम्मको आकर्षक उपहारको व्यवस्था गरिएको गरेको हो ।

भृकृटीमन्डपमा मंगलबारदेखि सुरू भएको नाडा अटो शोमा कम्पनीले आफ्नो फेस्टिभ स्किम पनि सार्वजनिक गरेको छ । यो स्किम अन्तर्गत सिट्रोन सि३ किन्न चाहने ग्राहकहरूले आकर्षक नगद छुट पाउने छन् । यसका साथै नि:शुल्क बीमा र नि:शुल्क करको सुविधा पनि पाउन सक्नेछन् ।

त्यस्तै गरी सिट्रोनको विद्युतिय गाडी इ सि३ खरिद गर्न चाहने ग्राहकवर्गहरुले पनि नि:शुल्क बीमा र नि:शुल्क सडक कारको सुविधा पनि प्राप्त गर्न सक्नेछन् । यी अफरहरुको साथै ग्राहकवर्गले नाडा अटो शो भरी निशुल्क कार वासर पनि प्राप्त गर्न सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्