सन सेक्युरिटिज दियो लगानीकर्ताहरुलाई सेयर बजार सम्बन्धी नि:शुल्क « Arthapath.com
२ माघ २०८०, मंगलवार

सन सेक्युरिटिज दियो लगानीकर्ताहरुलाई सेयर बजार सम्बन्धी नि:शुल्क



काठमाडौं । सन सेक्युरिटिज प्रा.लि.ले माघे सक्रान्तिको अवसरमा सोमबार लगानीकर्ताहरुलाई सेयर बजार सम्बन्धी नि:शुल्क सचेतना तथा तालिम कार्यक्रम सञ्चालन गरेको छ ।

सेयर बजार सम्बन्धी आधारभूत र प्राविधिक विश्लेषण अन्तरगतको क्याण्डल प्याटर्न सम्बन्धी २ वटा तालिम कार्यक्रम सञ्चालन गरिएको थियो । तालिम कार्यक्रममा १५० जना लगानीकर्ताहरुको सहभागिता रहेको थियो ।

जसमा सेयर बजारको वर्तमान अवस्था, सेयरबजारमा निहित जोखिम तथा यसको व्यवस्थापन, सेयर बजारमा लगानी गर्ने समय र तरिका लगायतका विषयमा तालिम प्रदान गरिएको थियो । सेयर बजारको आधारभूत पक्ष सम्बन्धी यस तालिम कार्यक्रममा सन सेक्युरिटिजका रबि बुढाथोकी र संचित बज्राचार्यले तालिम प्रदान गरेका थिए ।

दिउँसो २ बजेदेखि ४ बजेसम्म सेयर बजारको प्राविधिक विश्लेषण अन्तरगत क्याण्डल विश्लेषण सम्बन्धी अर्को तालिम कार्यक्रम सञ्चालन गरिएको थियो । जसअन्तगरत प्राविधिक विश्लेषण र यसको महत्व, प्राविधिक विश्लेषणमा प्रयोग हुने चार्टहरु, क्याण्डल चार्ट बन्ने विधि, क्याण्डका विभिन्न स्वपरुप र तिनीहरुको कारोबारमा हुने प्रयोग तथा यसको महत्व, क्याण्डलको ब्याक टेष्टिंग गर्ने विधि लगायतका विषयमा तालिम प्रदान गरिएको थियो । प्राविधिक विश्लेषक सुशिल भट्टराईले प्राविधिक विश्लेषण सम्बन्धी तालिम कार्यक्रम सञ्चालन गरेका थिए ।

कार्यक्रमको अन्त्यमा लगानीकर्ता तथा प्रशिक्षार्थीहरुका कारोबार सम्बन्धी विभिन्न प्रश्न तथा जिज्ञासाहरुको साथ अन्तरक्रिया कार्यक्रम समेत सञ्चालन गरिएको थियो । अन्तरक्रियात्मक कार्यक्रम कम्पनीका कार्यकारी अध्यक्ष कृष्ण गिरीले सञ्चालन गरेका थिए ।

कार्यक्रममा कम्पनीका कार्यकारी अध्यक्ष कृष्ण गिरीले अब आउने शुक्रबार अर्थात माघ महिनाको पहिलो शुक्रबार लगानीकर्ताहरुबीच पेपर प्रेजेन्टेसन सहितको अन्तरक्रियात्मक कार्यक्रम सञ्चालन गरिने र सो कार्यक्रममा लगानीकर्ताहरुले कारोबारका क्रममा भोगका विभिन्न अनुभव र जिज्ञासाहरु समेत आदान प्रदान गरिने बताए । उक्त अन्तरक्रियात्मक कार्यक्रममा इच्छुक जो कोही लगानीकर्ताहरु सहभागी हुन सक्ने बताइएको छ ।


प्रतिक्रिया दिनुहोस्