कुमारी बैंकको अध्यक्षमा अमिर प्रताप राणा « Arthapath.com
१ फाल्गुन २०८०, मंगलवार

कुमारी बैंकको अध्यक्षमा अमिर प्रताप राणा



काठमाडौं । कुमारी बैंकको अध्यक्षमा अमिर प्रताप जं.ब राणा चयन भएका छन् । बैंकको फागुन १ गते बसेको संचालक समितिले अध्यक्षमा राणालाई चयन गर्ने निर्णय गरेको हो ।

माघ २८ गते सम्पन्न बैंकका साधारण सभाले संथापक सेयरधनी समूहबाट अमिर प्रताप राणा, कर्मचारी संचय कोषका प्रतिनिधि विजयकुमार श्रेष्ठ, पशुपति मुरारका संचालकमा निर्वाचित भएको थिए ।

यस्तै, सर्वसाधारण सेयरधनी समूहबाट महेशप्रसाद पोखरेल, राजाराम खड्का निर्वाचित भएका थिए । यता, सर्वसाधारण सेयरधनी समूह महिला तर्फबाट सिम्रन अग्रवाल सञ्चालकमा निर्वाचित भएका थिइन् । संचालक समितिको सदस्य निर्वाचित भएपछि मंगलबार बसेको बैठकले राणालाई अध्यक्षमा चयन गरेको हो ।


प्रतिक्रिया दिनुहोस्