गरिमा विकास बैंकको सिइओमा उपाध्याय नियुक्त, बैशाख १ गतेदेखि जिम्मेवारी सम्हाल्दै « Arthapath.com
१५ चैत्र २०८०, बिहीबार

गरिमा विकास बैंकको सिइओमा उपाध्याय नियुक्त, बैशाख १ गतेदेखि जिम्मेवारी सम्हाल्दै



काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिईओ) माघव प्रसाद उपाध्याय नियुक्ति भएका छन् ।

चैत्र १४ गते बुधवार बसेको सञ्चालक समितिको ३०४औं बैठकले उपाध्यायलाई सिइओमा नियुक्ति गर्ने निर्णय गरेको हो । उपाध्याय बैंकमा नायब प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत रहेका थिए । उनको कार्यकाल बैशाख १ गतेदेखि लागू हुने गरी ४ वर्षको लागि हुने छ।

व्यवस्थापनमा स्नातकोत्तर गरेका उपाध्याय गरिमा विकास बैंक लिमिटेडमा संस्थापना कालदेखि कार्यरत छन् । विगत १५ वर्षदेखि कम्पनी सचिवको रुपमा र विगत ११ वर्षदेखि नायब प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत थिए । उनी बैंकिङ्ग क्षेत्रमा प्रवेश गर्नुपूर्व करिब डेढ दशक अध्यापन/प्राध्यापन पेशामा संलग्न थिए ।

बैंकमा विगत १५ वर्षदेखि निरन्तर प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्दै आएका गोविन्द प्रसाद ढकालको कार्यकाल २०८० चैत्र मसान्तमा सकिँदै छ । साथै, सोही बैठकले सहायक प्रमुख कार्यकारी अधिकृत अनिल रेग्मीलाई चैत्र १५ गतेदेखि लागू हुने गरी बैंकको कम्पनी सचिवमा नियुक्त गर्ने निर्णय समेत गरेको छ ।

काठमाण्डौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंक लिमिटेडले काठमाण्डौं उपत्यकाभित्र २२ सहित देशभर १२३ शाखा कार्यालय, १ एक्सटेन्सन काउण्टर र ५१ वटा एचटीएम मार्फत ग्राहकहरुलार्ई सेवा प्रदान गर्दै आईरहेको छ ।


प्रतिक्रिया दिनुहोस्