अर्थ मन्त्रालयका सहसचिव पंज्ञानी नेपाल बैंकको संचालकमा नियुक्त « Arthapath.com
२८ भाद्र २०८१, शुक्रबार

अर्थ मन्त्रालयका सहसचिव पंज्ञानी नेपाल बैंकको संचालकमा नियुक्त



काठमाडौं । नेपाल बैंकको संचालकमा थान प्रसाद पंज्ञानी नियुक्त भएका छन् ।

अर्थ मन्त्रालयको प्रतिनिधित्व गर्दै सहसचिव पंज्ञानी बैंकको संचालकमा नियुक्ति भएका हुन् । यसअघि मन्त्रालयको तर्फबाट उत्तर कुमार खत्रीले प्रतिनिधित्व गर्दै आएका थिए ।

उनको ठाउँमा पंज्ञानीलाई नियुक्ति गरि कम्पनी सचिव केशव प्रसाद भण्डारीले जानकारी दिए । बिहीबार नै पंज्ञानीले संचालक समितिको अध्यक्ष समक्ष पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्