स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डा. लोहनीले दिए राजीनामा
काठमाडौं । स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डा. गुणराज लोहनीले पदबाट राजीनामा दिएका छन् । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेल समक्ष लोहनीले राजिनामा बुझाएका हुन् ।
लोही गत वर्षको मंसिर १३ गते बोर्डको अध्यक्षमा नियुक्ति भएका थिए । तत्कालीन पुष्पकमल दाहाल नेतृत्वको सरकारले उनलाई बोर्डको अध्यक्ष बनाएको थियो ।