सकियो मानुषी लघुवित्तको स्वतन्त्र संचालक कर्मचार्यको कार्यकाल
काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्थाको स्वतन्त्र संचालक सुवर्ण कुमार कर्मचार्यको कार्यकाल सकिएको छ ।
भदौ २८ गते शुक्रबार कर्मचार्यको चार वर्षे कार्यकाल सकिएको हो । बैंक तथा वित्तीय संस्था सम्वन्धी ऐन, २०७३ को दफा १५ (२) बमोजिम स्वतन्त्र संचालक सदस्यको कार्यकाल मात्रै हुने व्यवस्था छ । सोही बमोजिम उनको कार्यकाल पनि सकिएको कम्पनीले जनाएको छ ।